ओली र प्रचण्डको नेतृत्वमा कुरा मिल्यो - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 13, 2018

ओली र प्रचण्डको नेतृत्वमा कुरा मिल्यो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेको छ । ओली र प्रचण्ड दुबैले एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व संयुक्त रुपमा गर्नेमा सहमती भएको हो ।

पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् । तर प्रधानमन्त्रीको बिषयामा भने अझै सहमती जुटाउन सकेको छैन । प्रधानमन्त्रीको हकमा भने दुबै दलबाट फरक-फरक विचार सार्वजनिक भएका छन् ।

यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ ।

‘सुरुमा पार्टी एकताको प्रारूप सार्वजनिक गर्नेछौं अनि सरकार निर्माण गर्नेछौं र त्यसपछि मात्रै पार्टी एकीकरण घोषणा गर्नेछौं,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘पार्टी एकीकरणमा आशंका गर्ने ठाउँ हिजो पनि थिएन र भोलि पनि हुने छैन ।’ उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा जनताको म्यान्डेट नै दुई पार्टीबीच एकीकरण र राजनीतिक स्थिरताका लागि भएकाले त्यसबाट दुवै पार्टी दायाँबायाँ लाग्ने छैनन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages