काठमाडौं २७, माघ । पृथ्वी राजमार्गको सलाङघाटबाट जीप त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् ।
काठमाडौं आउँदै गरेको बा. २ झ . ३१४० नम्बरको गाडीमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन् । चालक निराजन यादव घाइते छन् । उनी दुर्घटनास्थलबाट आफैं बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं ल्याएको बताइएको छ ।
प्रकाशित २७ माघ २0७४ , शनिबार | 2018-02-10 03:43:46
No comments:
Post a Comment