काठमाडौं । सरकारले सोमबार जारी गरेको अध्यादेशको विषयमा साझा धारणा बनाउन प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गर्ने भएको छ ।
सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्वन्धि अध्यादेशको विषयमा साझा धारणा बनाउन कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूसँग छलफल गर्न लागेको हो ।
दिउँसो २ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका संघीय समाजवादी, राजपा र राप्रपाका ३/३ जना प्रतिनिधी बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । यसअघि कांग्रेस लगायतका सबै प्रतिपक्ष दलले अध्यादेश फिर्ता लैजान माग गरेका छन् । सरकारले सोमबार जारी गरेको विधेयक लोकतन्त्रको मान्यता विपरित आएको प्रतिपक्षी दलहरूले आरोप लगाएका छन् ।
राष्ट्रपतिबाट संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिएको छ ।
No comments:
Post a Comment