काठमाडौं। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक सुरु भएको छ । मन्त्री र मन्त्रालय टुङ्गो लगाउन बैठक बसेको माओवादी नेता मणि थापाले जानकारी दिए ।
बैठकमा माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि शुक्रबार सपथ ग्रहण गराउने तयारी गरिएको छ । माओवादीले गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, वन तथा भु संरक्षण, उर्जा, सिचाई, शिक्षा र स्वास्थ्य लगायत मन्त्रालयको दाबी गर्दै आएका छन् ।प्रचण्डले योग्यता क्षमता लगायत सबै समुदायको प्रतिनिधित्व हुनेगरी मन्त्री पठाउने तयारी गरेका छन् ।
सरकारमा पठाउँदा रामबहादुर थापा बादलको नेतृत्वमा पठाउने गृहकार्य भईरहेको जनाईएको छ । बादल सहित नेता जनार्दन शर्मा, वर्षमान पुन, फम्फा भुसाल, मात्रिका यादव, लेखराज भटट्, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, लगायत नेताको धेरै चर्चा छ ।
No comments:
Post a Comment