काठमाडौं । माओवादीका विभिन्न घटकले मंगलबार जनयुद्ध दिवस मनाउँदैछन । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रले भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलको आयोजनामा पार्टी कार्यालय पेरिसडाडाँमा कार्यक्रम गर्दैछ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।
यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ ।
No comments:
Post a Comment