१२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार मुख्य प्रशासकीय भवन सबलीकरण (रेट्रोफिटिङ्ग) को पर्खाइमा रहेको छ । अहिले रेक्ट्रोफिटिङका लागि मूल्यांकनको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सिंहदरबारको रेट्रोफिटिङ तीन चरणमा सम्पन्न हुनेछ । सिंहदरबारवरिपरि खट बाँधिएको छ । अध्ययनपछि सिंहदरबारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ ।
विस १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमसेरले सिंहदरबार निर्माण गर्न लगाएका थिए । सिंहदरबार वास्तुविद् कुमारनरसिंह र किशोरनरसिंहबाट निर्माण भएको थियो । एकताका एसियाकै सबैभन्दा ठूलो मानिएको सिंहदरबारको अधिकांश भाग विस २०३० सालको आगलागीमा नष्ट भएको थियो ।
प्रधानमन्त्री कार्यालय समेत रहेको सिंहदरबारको अग्रभाग १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि भवनलाई भत्काएर नयाँ बनाउने वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा लामो विवाद रह्यो तर, सहरी विकास मन्त्रालयको संरचना प्राविधिक (स्ट्रक्चरल इन्जिनियर) को समूहले दिएको सुझाव प्रतिवेदनका आधारमा ऐतिहासिक महत्वका सम्पदा भत्काएर ‘उस्तै गरी बनाउने’ निष्कर्ष अघि सारेपछि रेट्रोफिटिङ गरिन लागिएको हो ।
No comments:
Post a Comment