५ नं प्रदेशका पहिलो वैठकका ३ निर्णय, फागुन २ गते सभामुख चयन गर्ने - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, February 5, 2018

५ नं प्रदेशका पहिलो वैठकका ३ निर्णय, फागुन २ गते सभामुख चयन गर्ने

भैरहवा २१, माघ ।  प्रदेश नम्बर ५ को पहिलो संसद बैठकले सभामुख चयन सहित २ ओटा निर्णय गरेर सम्पन्न भएको छ ।  बुटवल उद्योग वाणिज्य संघको हलमा बसेको बैठकले संसदीय कार्यबिधि, सभाध्यक्षको समिति र सभामुख चयनको मिति तोकेको छ । सभामुखको निर्वाचन फागुन २ गतेलाई तोकेको छ ।
रुपन्देहीका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरे । प्रदेश ५ को बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए । फागुन २ गते अर्को बैठक बस्ने गरी बैठक स्थगित भएको हो ।
यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages