काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रमा जालसाझी गरेको भन्दै प्रहरीमा उजूरी दर्ता गरिएको छ ।
गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा मिति सच्याएको भन्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्।
जाहेरी दताए भएको तर,यसबारे सबै कुरा अहिले भन्न नमिल्ने महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक(फरक जन्ममिति बनाएको जाहेरीमा भनिएको छ । यस्ता कार्यले न्यायाधीशमा हुनुपर्ने उच्च नैतिक चरित्रको क्षयीकरण भएको पनि जाहेरीमा उल्लेख गरिएको छ।
जाहेरीमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पराजुलीले लिएको नागरिकतामा जन्ममिति २००९ साउन २१ गते देखिएको तर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपिमा २०१० साल बैशाख १६ गते कायम गरिएको उल्लेख छ । यस्तै, एसएलसीको प्रमाणपत्रमा जन्ममिति २०११ बैशाख १३ गते उल्लेख छ भने नेपाल ल क्याम्पसमा प्रमाणपत्रहरुमा २०१० बैशाख १३ गते रहेको उल्लेख गरिएको छ। यसबारेमा उनी प्रधानन्यायाधिश हुँदा पनि पटक–पटक समाचार प्रकाशित भएका थिए ।
प्रकाशित ५ चैत्र २0७४ , सोमवार | 2018-03-19 12:02:29
No comments:
Post a Comment