काठमाडौं ६, फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पदबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको नयाँ सरकार गठन भएसँगै उनले राजीनामा दिएका हुन् ।
गत साउन १९ गते उपाध्यक्षमा नियुक्ति भएका वाग्लेले आजै प्रधानमन्त्री समक्ष राजीनामा दिँदै छन् । सरकारको आर्थिक सल्लाकारका रुपमा रहेको आयोगका उपाध्यक्ष लगायत पदाधिकारीले नयाँ सरकार गठनसँगै राजीनामा दिने प्रचलन छ । सुशील कोइराला नेतृत्वको सरकारले विश्व बैंकमा कार्यरत रहेका वाग्ले आयोगमा सदस्यमा नियुक्ती गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारले पनि उनलाई सदस्यमा पुनः नियुक्त दिएको थियो । देउवा प्रधानमन्त्री भएको केहि समयपछि उनलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका थिए ।
वाग्लेले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई भेटि राजीनामा दिने बताएका छन् । करिब ६ महिना उपाध्यक्ष रहेका वाग्लेले आफ्नो कार्यकालमा आयोगलाई पुनसंरचना गर्दै आयोगलाई थिङ्क ट्याङ्कका रुपमा अगाडि बढाउने काम गरेको बताए । डा. वाग्लेको समयमा आयोगले बाढि प्रभावितहरुको निड एसेसमेन्ट सर्भे र एमपीआई सूचकको माध्मबाट गरीबीको दरको मूल्यांकन सुरु गरेको छ । गरीबीको मूल्यांकनको यहि विधि आगामी दिनमा पनि प्रचलनामा रहने बताइएको छ । मुलुक संघीयतामा गएसँगै हाल राष्ट्रिय योजना आयोगको पनि पुनरसंरचनाका बहसहरु चलेका छन् ।
No comments:
Post a Comment