विराटनगर, २६ माघ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय दलको नेता चुन्न एमाले प्रदेश १ ले आज (शुक्रबार) चुनाव गरेको थियो ।
निर्वाचनमा शेरधन राई र भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । आचार्यलाई दुई मतान्तरले पराजित गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् । राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए
No comments:
Post a Comment