काठमाडौं । हुन त माया गर्न कुनै दिन नै आउन पर्दैन । हरेक पलपलमा माया गर्न सकिन्छ । एक हप्तासम्म प्रेमको सप्ताह चल्यो । प्रेममा सबैकुरा आवश्यक हुन्छन् भन्ने प्रेम सप्ताहको मर्म हो । तर फेब्रुअरी १४ अर्थाथ् 'भ्यालेन्टाइन डे' भने आज हो । यसलाई नेपालीकरण गर्दा प्रणय दिवस भनिन्छ । यस दिनलाई विश्वरभरका मानिसहरूले मायाको चर्चा गरेर महत्व दिन्छन् । 'भ्यालेन्टाइन डे' कसरी विश्वभर फैलियो भन्नेमा यसको इतिहास छ । यसको महत्व पनि छ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरूलाई प्रेमका लागि उत्प्रेरित गरे । र, सामूहिक विवाह समेत गराएको अभियोगमा शासकहरूले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष यो दिवस विश्वभर मनाउने गरिएको हो ।
दिवसको अवसरमा आज प्रेमजोडीहरूले विभिन्न उपहार आदान–प्रदान गरी माया साटासाट गर्छन् । त्यस्तै आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि लिइन्छ । 'भ्यालेन्टाइन डे' को अवसरमा आज काठमाडौं लगायत विभिन्न शहरमा कार्यक्रमको आयोजना गरिएको छ । प्रेमको बारेमा कुरा गर्ने दिन भएकाले क्याम्पसहरूमा प्रेम पत्र प्रतियोगिता आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरू आज प्रेमजोडीले भरिभराऊ भएको देख्न सकिन्छ । प्रेममा विश्वास हुनुपर्छ । र, विश्वासमा प्रेम । यी दुबै भयो भने सम्बन्ध दीगो हुनसक्छ । विश्वासमा विश्व अडेको छ भने जस्तै प्रेममा पनि विश्व अडेको छ । बा, आमा, दाई, भाई, दिदी, वहिनी लगायले एक अर्कामा गर्ने प्रेममा पनि कमी नहोस् । प्रेमको नाउँमा कसैले आत्महत्या गर्नुहुँदैन । कोही बिचलित हुनुहुन्न । लुटिनबाट सजग बनौं । एकाअर्कालाई विश्वास गरी सम्बन्ध सुमधुर बनाऔं । सच्चा प्रेम गरौं । प्रणय दिवसको अवसरमा अमरवाणी अनलाइन परिवारको पनि हार्दिको शुभकामना ।
No comments:
Post a Comment