काठमाडौं २६,माघ । प्रदेश नं ३ को मुख्यमन्त्री एमाले नेता डोरमणि पौडेल बन्ने निश्चित भएको छ । एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयन भएपछि पौडेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
एमाले संसदीय दलको शुक्रबार सम्पन्न निर्वाचनमा पौडेलले पार्टी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई हराउदै निर्वाचित भएका हुन् । कूल ५८ मध्ये पौडेलले ३४ मत प्राप्त गरे भने शाक्यले २४ मत पाइन् । पौडेल पार्टी अध्यक्ष केपी ओली निकट हुन भने शाक्य माधव नेपाल पक्ष । यसअघि राजेन्द्र पाण्डेपनि मुख्यमन्त्रीका दावेदार रहेपनि अन्तिममा आएर उनलाई मनाउदै शाक्यलाई उम्मेदवार बनाइएको एमाले निकट स्रोतको भनाइ छ ।
No comments:
Post a Comment