काठमाडौं २३, माघ । भ्रष्टाचार अभियोगमा पदमुक्त भएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको बूढानिलकण्ठस्थित घरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् । तोडफोडको अभियोगमा प्रहरीले सो पार्टीका ४० कार्यकर्ता पक्राउ गरेको छ ।
मंगलबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले उनको घर तोडफोड गरेका थिए । उनीहरुले मुल गेटमा व्यानर समेत राखेर घर कब्जामा लिएको घोषणा गरेका थिए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले करिब ४० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा १४ महिला र २८ पुरुष रहेको महानगरीय प्रहरी बृत्त महामराजगन्जमा राखिएको प्रहरीले बताएको छ । अदालत र राज्यबाट संरक्षित भ्रष्टचारीलाई चेतावनी स्वरुप घर तोडफोड गरिएको उक्त पार्टीले जनाएको छ। कर फछर्यौट आयोगमा रहँदा अर्बौं रकम भ्रष्टचार गरेको आरोपमा अख्तियारले शर्मासहित आयोगका तीन पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
आक्रमणबाट शर्माको घरका टायल र झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment