राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 13, 2018

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नुभएको हो । प्रतिनिधिसभाको परिणाम बुझे पछि राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुनुअघि नै देउवाको राजीनामा आउन सक्ने बताइएको छ । आयोगले प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ ।
राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा देखिनुभएको छ । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages