माघ २२, काठमाडौं । तीर्थ यात्रा र पारिवारिक भेटका नाममा पटक–पटक भारत
भ्रमणमा गरिरहेका पूर्वराजा ज्ञानेन्द्र ‘हिन्दु राजा’ को पक्षमा लविङ
गरिरहेका छन् । यसबारे औपचारिक ज्ञानकारी नगराएपनि सोमबारको भ्रमणबारे उनले
हिन्दुत्वबारे आफूले खुलेर छलफल गर्न चाहेको स्पष्ट पारेका छन् ।
भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग
कुरा गर्दै उनले राष्ट्रले लिएको बाटो व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने
पनि धारणा राखे । पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न
भन्दै दृष्टान्त पनि पेश गरे । पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ
जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी
सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका
हुन् । भारत बसाइका क्रममा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले
गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् ।
यस अघि पुसमा उनी भारत गएका थिए । सो अवसरमा पुस २४ गते उत्तर प्रदेशका
मुख्यमन्त्री योगी आदित्य नाथसँग भेट गरेका थिए । योगी नाथले पूर्वराजालाई
आफ्नै निवासमा सम्मान समेत गरेका थिए । आदित्य नाथ पनि हिन्दु राजा
हुनुपर्ने मान्यता राख्छन् ।
Post Top Ad
Responsive Ads Here
Monday, February 5, 2018
Home
Unlabelled
हिन्दु राजा’ लविङ गर्दै पूर्वराजा ज्ञानेन्द्र
हिन्दु राजा’ लविङ गर्दै पूर्वराजा ज्ञानेन्द्र
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
No comments:
Post a Comment