काठमाडौं, १० फागुन । सातबुँदे सहमति गर्दै नेपालका दुई ठूला कम्युनिस्ट पार्टी सोमबार एक हुने आधार तयार गरेका छन् । हालै सम्पन्न तीन तहको निर्वाचनअनुसार मुलकको पहिलो दल बनेको नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रबीच पार्टी एकताका आधार तय गरी फागुन अन्त्यमा एकीकरणलाई आधिकारिकता दिने तयारीमा छन् ।
दशैंलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त गठबन्धन गरेर होमिएका दुई दलले छिट्टै पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए । दुई पार्टीको गठबन्धन र पार्टी एकीकरणको घोषणालाई जनताले मतमार्फत अनुमोदन गरेको बताउँदै आएका उनीहरू बारम्बारको छलफलपछि एकताको आधार तय गर्न सफल भए । औपचारिक घोषणा हुन बाँकी रहे पनि दुवै दलका नेताहरूले आफूलाई नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएको बताउन सुरु गरिसकेका छन् । दुई पार्टी एकताको ऐतिहासिक निर्णयकर्ता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहे । तर, दुवै पार्टीलाई एकीकरणको निष्कर्षसम्म पु¥याउन दृश्य÷अदृश्यमा रूपमा धेरै नेताको भूमिका रह्यो । ५५ वर्षदेखि टुटफुट हुन थालेका नेपाली कम्युनिस्टलाई एउटै केन्द्रमा समाहित गर्ने अभियानमा केही नेताको भूमिका ‘नायकी’ रह्यो ।
ओली र अध्यक्ष दाहाल एकीकरणका मुख्य संवाहक हुन् । असोज १७ गते वाम एकता गर्ने घोषणापछि दुई नेता दिनरात लागिपरे । उनीहरूलाई एकताका सूत्रधार बन्दै मुख्यतः एमाले उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लगायत केही नेताले सघाएका थिए ।
एमाले नेता भरतमोहन अधिकारी दुवै पार्टीमा अध्यक्षहरूले नचाहेको भए एकता नहुने बताउँदै मुख्य भूमिका दुई अध्यक्षकै रहेको बताउँछन् । उनी भन्छन्, ‘एकताका मुख्य नायक ओली र प्रचण्ड नै हुन्, दुई दलका लागि मात्र नभई, मुलुककै समृद्धिका लागि पनि यो एकता ऐतिहासिक महत्वको छ । यो परिस्थितिसम्म आइपुग्दा वामदेव गौतम, माधवकुमार नेपाल, झलनाथ खनाललगायतको भूमिका महत्वपूर्ण छ, माओवादीबाट प्रचण्डसँगै, नारायकाजी श्रेष्ठ, रामबहादुर थापा बादलजीहरूको भूमिका खास देखियो ।’
माओवादीमा प्रचण्डपछि पार्टीको नेतृत्वका आकांक्षी देखिने केही नेतासहित एकतापछि आफ्नो भविष्य सुरक्षित नभएको ठान्नेहरू एकता नहोस् भन्नेपक्षमा रहे पनि एमालेमा त्यस्तो नभेटिएको बताइन्छ । माओवादीका वर्षमान पुन, कृष्णबहादुर महरा, मातृका यादव, मणि थापालगायत दोस्रो तहका नेता एमालेसँगको एकता प्रक्रियामा दिलैदेखि खुसी नभएको स्रोतको दाबी छ । ‘उनीहरू सिद्धान्तको बखेडा झिकेर बहुदलीय जनवादविरुद्ध अभियान चलाएर एकता भाड्न सकिन्छ कि भनेर सातबुँदे सहमतिअघिसम्म प्रयास गरेका थिए,’ वाम एकता प्रक्रियालाई नजिकबाट हेरिरहेका एक विश्लेषक दाबी गर्छन् ।
एमालेमा एकता नहोस् भन्ने पक्षमा कोही नभए पनि एकतापछि आफ्नो राजनीतिक भविष्य सुनिश्चित होस् र लाभको पदमा रहिरहन सकियोस् भन्ने अकांक्षा धेरैमा थियो । ‘एकीकृत पार्टीको नेतृत्व र नीतिगत विषयमा कसैसँग सम्झौता गर्न नपर्ने गरी आफ्नो हात माथि परोस्’ भन्ने चाहना अधिकांश नेताको थियो । ‘खासगरी पार्टीले मान्दै आएको बहुदलीय जनवादमा सम्झौता नगरी नेतृत्व छाड्न नपरोस् र झुकेर सम्झौता गर्न नपरोस् भन्ने दोस्रो तहका नेताको इच्छा थियो । तर, उनीहरू पछि सम्झौता गर्दै एकताका सूत्रधारको भूमिकामा देखिए,’ विश्लेषक तथा समजशास्त्री लोकराज बराल भन्छन् ।
वामदेव गौतम
एकता घोषणालगत्तै अध्यक्ष ओलीसँग नजिक रहेर एकताका आधार पहिल्याउने काममा गौतम सक्रिय रहे । पार्टी एकता संयोजन समितिमा समेत रहेका गौतम एकता प्रक्रिया औपचारिक रूपमा टुंग्याउन राजनीतिक तथा प्राविधिक काममा सक्रिय थिए । उनले दुवै दलका दोस्रो तहमा छलफल गर्दै सोही छलफलका आधारमा पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहलकदमी लिएका थिए । राजनितिक विश्लेषक डा. राजेश गौतम भन्छन्, ‘माओवादी नेतासँग राम्रो सम्बन्ध भएकाले उहाँले बढी साझेदारी गर्नुभयो । ओलीपछि एमालेको सूत्रधार उहाँ नै हो ।’
रामबहादुर थापा ‘बादल’
पहिलो संविधानसभा विघटन भएपछि मोहन वैद्यसँगै माओवादी पार्टी छाडेर गएका बादललाई दाहालले गएको जेठ ६ गते पार्टीमा भित्र्याएका थिए । वैद्यको पार्टीबाट माओवादीमा फर्केपछि माओवादीको मुख्य नेताका रूपमा देखिएका बादलको शक्तिशाली भूमिकामा रहने इच्छा देखिन्छ । उनी एमालेसँगको एकतामा पनि मुख्य भूमिकामा देखिए । उनी एमालेसँग मिल्दा व्यक्तिगत रूपमा समेत लाभ मिल्ने हुँदा उनको भूमिका सकारात्मक रहेको बताइन्छ । छाडेको पार्टीमा पुनः फर्किएपछि उनी प्रचण्डलाई गुन तिर्न नै दिनरात उनका उत्तराधीकारीजस्तै एकताको सम्वाहकका रूपमा देखिएको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
पहिलो संविधानसभा विघटन भएपछि मोहन वैद्यसँगै माओवादी पार्टी छाडेर गएका बादललाई दाहालले गएको जेठ ६ गते पार्टीमा भित्र्याएका थिए । वैद्यको पार्टीबाट माओवादीमा फर्केपछि माओवादीको मुख्य नेताका रूपमा देखिएका बादलको शक्तिशाली भूमिकामा रहने इच्छा देखिन्छ । उनी एमालेसँगको एकतामा पनि मुख्य भूमिकामा देखिए । उनी एमालेसँग मिल्दा व्यक्तिगत रूपमा समेत लाभ मिल्ने हुँदा उनको भूमिका सकारात्मक रहेको बताइन्छ । छाडेको पार्टीमा पुनः फर्किएपछि उनी प्रचण्डलाई गुन तिर्न नै दिनरात उनका उत्तराधीकारीजस्तै एकताको सम्वाहकका रूपमा देखिएको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
माधवकुमार नेपाल
एकता संयोजन समिति सदस्य तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि सकारत्मक र एकतालाई जोड दिने किसिमकै देखियो । एमाले महासचिव ईश्वर पोखरेललगायतका नेता अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीलाई नै दिनुपर्ने बताउँदै गर्दा नेता नेपालले भने अध्यक्ष पद प्रचण्डलार्ई दिएर भए पनि पार्टी एकीकरण हुनुपर्नेमा जोड दिँदै आएका थिए । प्रचण्डको सम्बन्ध विगतदेखि नै ओलीसँग भन्दा नेता नेपालसँग राम्रो रहेकाले एकताका आधार खोज्ने विषयमा उनको भूमिका महत्वपूर्ण रहेको बताइन्छ ।
ईश्वर पोखरेल
पार्टी एकीकरणको छलफल चलिरहेका बेला सार्वजनिक रूपमा दिएका केही अभिव्यक्तिले पोखरेल आलोचित बने । उनलाई पार्टी एकताको विपक्षमा रहेको आरोपसमेत लाग्यो । पार्टी अध्यक्ष र प्रधानमन्त्री ओली नै हुनुपर्ने र वैचारिक विषयमा पनि केही शर्त राखेकाले उनलाई एकता विरोधीको बिल्ला लाग्यो । एकता संयोजन समितिमा समेत रहेका उनी एकीकृत पार्टीमा आफ्नो स्थान खोज्दै केही समय पर्खन चाहेका थिए । ‘एमालेमा भावी अध्यक्षको दाबेदार मानिएका पोखरेल पार्टीको नेतृत्व तथा सिद्धान्त परिवर्तन हुँदा आफ्नो राजनीतिक भविष्य जोखिममा पर्ने महसुस गर्दै ओलीलाई नै एकीकृत पार्टीको नेतृत्व दिलाउने पक्षमा थिए । तर, एकता गर्र्ने पक्षमा रहेर दुई दलबीच सहमति खोज्ने प्रयासमा उनी निरनतर थिए,’ विश्लेषक प्राध्यापक खनाल भन्छन् ।
नारायणकाजी श्रेष्ठ
माओवादीमा बादल दाहालका सहायक संवाहक थिए । उनी प्रचारमा आउन नचाहने भएकाले उनको जस नारायणकाजी श्रेष्ठको पोल्टामा परेको विश्लेषण हुने गर्छ । एकताको सूत्रधारको रूपमा जति चर्चामा आए त्यति उनको भूमिका महŒवपूर्ण देखिएन । उनले संयोजन समितिबाट एकताको राजनीतिक तथा प्राविधिक विषय मिलाउन सहजकर्ताको भूमिका निर्वाह गरेको बताइन्छ । ‘बहुदलीय जनवादविरुद्ध विषवमन गर्दै हिँडेको भन्दै एकता जुटाउनेभन्दा फुटाउने काममा बढी सक्रिय रहेको, तर एकता गर्नैपर्ने बाध्यता भए पनि अन्त्यमा एकताका लागि पहलकदमी लिएका थिए,’ एकता प्रक्रियालाई नजिकबाट नियाल्नेहरू टिप्पणी गर्छन् । सुरुवाती समयमा त्यति सक्रिय नरहे पनि उत्तराद्र्धमा उनको भूमिका महŒवपूर्ण रहेको बताइन्छ ।
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताको मामिलामा पर्यवेक्षकजस्तै भूमिकामा देखिए । उनी उमेरका कारण पनि सक्रिय राजनीतिमा रहन रुचि नदेखाएकाले एकताबाट व्यक्तिगत रूपमा खासै लाभ नमिल्ने हुँदा एकता वा नहोस् भन्ने पक्षमा खासै जोडबल गरेको देखिएन । ‘उनी राष्ट्रपति हुन इच्छुक देखिन्छन् । माओवादीलार्ई पनि चिढ्याउन चाहदैनथे र पार्टीमा ओलीविरोधी पनि हुन चाहन्नथे, त्यसैले ओली र प्रचण्ड दुवैलाई सन्तुष्ट पार्ने पक्षमा उनी लागे,’ एमालेकै नेताहरू भन्ने गर्छन् ।
प्रदीप ज्ञवाली
पार्टीका दोस्रो तहका नेतामा सबैभन्दा बढी नेतृत्वलार्ई दबाब दिने काम प्रदीप ज्ञवालीबाट भयो । अध्यक्ष ओलीसँग निरन्तर छलफल र माओवादीका दोस्रो तहका नेताहरूसँग छलफलबाट एकता टुंग्याउन उनको भूमिका महत्वपूर्ण रहेको विश्लेषक हरि रोका बताउँछन् । ‘ज्ञवाली बाहिर जनमानसमा एमाले र माओवादी एक भइसकेका हुन् भन्ने सन्देश दिन सफल देखिन्छन् । उनी सर्वसाधरणमा एकीकरणबारे सकारात्मक सन्देश दिने भूमिकामा रहे । स्वाभाविक रूपमा उनले दुई पार्टीबीचको छलफल गरेर सहमतिको पहल गरेका थिए ।
वर्षमान पुन
माओवादीमा प्रचण्डको उत्तराधिकारी हुने लाइनमा रहेका वर्षमान पुनले एकताका सूत्रधारको परिचय बनाउन सकेनन् । खुलेरै विरोध नगरे पनि एकतामा भन्दा बढी भाँजो हाल्नेमा उनी सक्रिय रहेको आलोचना खेपे । सिद्धान्तको बखेडा झिकेर बहुदलीय जनवादविरुद्ध अभियान चलाउँदै हिँडेको आरोप उनलाई लाग्यो । यीबाहेक एमालेका सुवासचन्द्र नेम्वाङ, भीम रावल, विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे विष्णु रिमाल दोस्रो तहका नेताको भूमिका महत्वपूर्ण रहे । यता, माओवादीतर्फ नेताहरू जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण महरालगायतका नेताहरू पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एकीकरणबारे सकारात्मक रहे ।
No comments:
Post a Comment