शिवरात्रीमा १२ लाख भक्तजन आउने - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, February 11, 2018

शिवरात्रीमा १२ लाख भक्तजन आउने

काठमाडौं २८, माघ ।  यस वर्ष शिवरात्रीमा १२ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । गतवर्षहरूको तुलनामा सहभागी वढ्ने भन्दै यो वर्ष उक्त संख्यामा भक्तजनको व्यवस्थापनका लागि कोषले तयारी पूरा गरेको छ ।
शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्ने व्यवस्थालाई सहज र सुव्यवस्थित गर्न गरिएका तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव प्रदीप ढकालले दर्शनार्थीले  सहज सहज दर्शन गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘‘यो पल्ट मौसम अनुकूल भएकाले पनि विगत वर्षको दाँजोमा भक्तजन बढ्नेछन् । तर,सबैलाई व्यवस्थापन गर्न कोषले तयारी पूरा गरिसकेको छ ।’
फागुन २ गते पर्ने शिवरात्रीका दिन ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ ।  अघिल्ला वर्षहरूमा गाँजा, चरेस लागूपदार्थको व्यापार बढेकाले यसवर्ष त्यसमा कडाई गरिने कोषले दाबी गरेको छ । कोषले साधुसन्तलाई गाँजा नबेच्न र युवापिढीलाई प्रयोग गर्न नदिनका लागि उच्च सुरक्षा अपनाइएको  वताउँदै  पशुपति कोष  प्रंचार–प्रसार व्यवस्था उपसमितिका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले लागू पदार्थ बेचविखन गरेको थाहा पाए कानूनी कारवाहीमा ल्याउन प्रहरीसँग समन्वय गरेको जानकारी दिए । दर्शन गर्न आउदा कुनै पनि किसिमको बहुमूल्य गरगहना लगाएर नआउन पनि उप्रेतीले आग्रह गरे ।  
कोषले विगतको भीआईपी पास हटाएको छ ।  राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक आयोगका उच्च अधिकारीहरूको दर्शनका लागि भने ३ देखि ५ बजेभित्रको समय तोकिएको छ ।   पशुपतिनाथ क्षेत्रमा अहिलेसम्म करिव एक हजार साधुसन्त उपस्थित भइसकेका छन् । ३ हजारको हाराहारीमा साधुसन्त उपस्थित हुने सदस्य सचिव ढकालको भनाई छ । त्यस्तै  भारतका विभिन्न प्रदेश, वेलायत, इण्डोनेसियान, श्रीलंका  लगायतका विभिन्न देशबाट उल्लेख्य मात्रामा दर्शानार्थी आउने कोषको अपेक्षा छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages