डोटी, २४ माघ । प्रदेश ७ मा राष्ट्रियसभा निर्वाचन दिउँसो १ बजे सकिएको छ । बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् ।
राजपाका प्रदेश सांसदहरु मानमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा आएनन । आफ्नो पार्टीको उम्मेदवार नभएको र अरु पार्टीका उम्मेदवारले मत नमागेकाले मतदान गर्न नगएको राजपा नेतृ एवं प्रदेश सांसद मानमती राना थारुले बताइन्
No comments:
Post a Comment