पोखरा, २४ माघ । प्रदेश ४ मा राष्ट्रिय सभाको निर्वाचनको मतदान सम्पन्न भएको छ। अदालतले पक्राउ आदेश जारी गरेका प्रदेश सभा सदस्य दिपक मनाङेबाहेक सबै मतदाताले मतदान गरेका छन् ।
प्रदेश ४ मा कूल २३० मतदाता छन् । जसमा प्रदेश सभाका ६० र स्थानीय तहका १७० जना छन्। अपरान्ह ४ बजेबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु हुने तय गरिएको छ ।
No comments:
Post a Comment