नयाँ दिल्ली (एजेन्सी) । हिन्दी फिल्मकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । शनिबार राति हृदयातका कारण उनको निधन भएको हो । आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी उनको त्यहीँ उनको निधन भएको हो ।
उनको जन्म सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुमा भएको थियो । श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी करिअरको सुरुवात गरेकी थिइन् । उनी भारतीय सिनेमामा पहिलो सुपरस्टार अभिनेत्री हुन् । उनीभन्दा अगाडि पुरुष कलाकार मात्र सुपरस्टार थिए । उनले १९७८ मा ‘सोल्हवा सावन’ मार्फत बलिउडमा पाइला टेकेकी थिइन् ।
उनको विवाह फिल्म निर्देशक बोनी कपुरसँग भएको थियो। उनको दुई छोरी छन् । ८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।
No comments:
Post a Comment