बैंकिङ कसुर गरेको अभियोगमा एनसीसी बैंकका १३ जना पक्राउ - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, March 16, 2018

बैंकिङ कसुर गरेको अभियोगमा एनसीसी बैंकका १३ जना पक्राउ

 बैंकिङ कसुर गरेको अभियोगमा एनसीसी बैंकका १३ जना पक्राउ
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकबीच मर्ज हुने समयमा भएको अनियमितता छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीवीआई) ले १३ जना सञ्चालकलाई शुक्रबार पक्राउ गरेको छ।  
मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात  मर्जरको फाइदा उठाउँदै  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैंकलाई १ अर्ब ५० करोड छयान्नब्बे लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नोक्सानी पुर्‍याएको  ठहर्दै उनीहरुलाई लामो अनुसन्धानपछि पक्राउ गरेको हो। उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको सीआइवीले जनाएको छ।
बैक सञ्चालकहरुले कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ। कृतिम ऋणीहरु समेत खडा गरि कर्जा प्रवाह गरेको र  निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको कागजपत्रमा देखिएको छ। मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित समेत बैंकका अधिकारीहरुले गरेका थिए।
धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको देखिँदा अनियमिततालाई थप पुष्टि गरेको प्रहरीको दाबी छ।
को–को परे पक्राउ ?
१. विष्णु प्रसाद धिताल, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
२. ईच्छा बहादुर गुरुङ,तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
३. सुवर्ण राज भण्डारी,तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
४. मधुवन लाल श्रेष्ठ,तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
५. ऋषिराज भट्ट,तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
६. दुर्गादत्त जोशी,तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
७. रामचन्द्र बसौला तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
८. बिकास श्रेष्ठ,तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
९. सागर नेउपाने, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
१०. मान ब. राउत,तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
११. विनितमणि उपाध्याय,तत्कालीन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक
१२. मोहन खरेल,तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
१३. सुदिप थापा,तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages