काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, March 5, 2018

काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौँ ।  नेपाली काँग्रेसले आफ्नो संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा विहान १० बजेबाट संसदीय दलको नेताका लागि मतदान भएको थियो ।
सर्वसम्मतिको प्रयास असफल भएपछि कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिष्पर्धामा उत्रिनुभएको थियो । सर्वसम्मत् नेता चयन गर्न नसकेपछि महामन्त्री शशांक कोइरालाले रोष प्रकट गर्नुभएको छ । उहाँले संसदीय दलको नेता चयनमा मतदान हुनु काँग्रेसका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो ।
प्रतिष्पर्धामा उत्रिएका सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन रहेको छ । सभापति देउवा र पूर्वमहामन्त्री सिंहले हिजो साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवाको उम्मेदवारीमा प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा हुनुहुन्छ । सिंहको प्रस्तावकमा भने कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम हुनुहुन्छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्  । संसदीय दलको अंकगणितमा देउवा अगाडि देखिनुभएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages