माओवादी केन्द्रबाट महरालाई सभामुख बनाउने तयारी - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, February 22, 2018

माओवादी केन्द्रबाट महरालाई सभामुख बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक रुपमा दुई मन्त्री समावेश गर्दै सरकार विस्तारको दौड सुरु गरिसकेका छन् । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय र राजकीय पदको समेत बाँडफाँट भइसकेको छ।
यसै अनुसार दुवै दलले मन्त्री छान्न पार्टीभित्र औपचारिक छलफल चलाइरहेका छन् । आकांक्षीहरु मन्त्री बन्न पार्टीका शीर्ष नेतासँग लबिङ गरिरहेका छन् । दुवै पार्टीका सांसदहरु मन्त्री पदको लबिङ गरिरहँदा गठबन्धनका प्रमुख नेताको भने राजकीय पदको बाँडफाँट भइसकेको स्रोत बताउँछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले त्यसको खुलासा गर्दै सभामुख पद यसपटक समेत रोल्पाबाटै हुने बताएका छन् । नेतृ ओनसरी घर्ती सभामुखमा दोहरिने चर्चा चलिरहँदा माओवादी केन्द्रले रोल्पाबाटै नयाँ अनुहारलाई सभामुखमा पठाउने तयारी गरेको हो ।
स्रोतका अनुसार नयाँ संसदमा सभामुखको पदमा माओवादी नेता कृष्णबहादुर महरा हुनेछन् । पटक-पटक प्रभावशाली मन्त्रालयसहित सरकारमा सहभागी भएका महरालाई माओवादी केन्द्रले यसपटक सभामुखमा पठाउने तयारी गरेको हो ।
माओवादी अध्यक्ष दाहालसमेत महरालाई सभामुख बनाउन तयार छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages