पोखरा २४, माघ । ४ नं प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना केहीबेरमा सुरु हुने बताइएको छ । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो १ बजेसम्म सकिएपछि मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशका स्थानीय कुल तहमा प्रमुख(उपप्रमुख वा अध्यक्ष(उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन् । मनङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ (दिपक मनाङ्गे) भने मतदानमा सहभागी भएनन् । उनी यसअघि सपथग्रहण कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।
मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएसँगै दिउँसो ३ बजेवाट मतगणना शुरु गर्नेगरी तयारी गरिएको छ । सो प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ, खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक(एक जना रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन् ।
No comments:
Post a Comment