ठाउँ ठाउँमा सामान्य रुपमा गाडी चल्दै, बन्द गर्न खोज्ने केही पक्राउ - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, February 19, 2018

ठाउँ ठाउँमा सामान्य रुपमा गाडी चल्दै, बन्द गर्न खोज्ने केही पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले गाडी चलिरहेकाले ढुक्क भएर गाडी चलाउन आग्रह गर्नु भएको छ । मंगलबार नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको छ ।
बन्दको हल्ला भए पनि गाडी चलिरहेको र सुरक्षा व्यवस्था पनि कडा पारिएकाले नआत्तिन प्रहरी प्रवक्ता न्यौपानेको सुझाव छ । उहाँका अनुसार सडक अवरोध गर्न खोज्ने केही व्यक्ति पक्राउ परेका छन् ।
नेकपामा नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।
पोखरामा भने बन्दको प्रभाव छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा कुनै पनि गाडी आउजाउ गरेका छैनन् । सधैं व्यस्त रहने पर्यटकीय नगरी पोखरा मंगलबार बिहानैदेखि सुनसान छ ।
रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् ।
दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन ।
सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।
भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । हिले–भोजपुर सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरू पनि खुलेका छैनन् ।
गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages