एमाले–माओवादी पार्टी एकतालाई बाबुरामले ‘भेडा–बाख्रा’ भनेपछि... - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, February 20, 2018

एमाले–माओवादी पार्टी एकतालाई बाबुरामले ‘भेडा–बाख्रा’ भनेपछि...

काठमाडौं ८, फागुन । नयाँ शक्तिका नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकता ‘भेडा– भेडासँग र बाख्रा– बाख्रासँग’ भएको टिप्पणी गरेका छन् ।
पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट पूर्व माओवादीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै संयोजक भट्टराईले राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको बताएका हुन् । ट्वीटर र फेसबुकमा  उनले लेखेका छन्,‘एमाले–माओवादी केन्द्र एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक बधाई तथा शुभकामना । राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो । यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम र कार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ।’
एमाले–माओवादी केन्द्रबीचको एकताबाट आफूले निर्माण गर्न खोजेको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेस्रो  धार निर्माण गर्न मदत पुग्ने दावी पनि डा. भट्टराईले गरेका छन्।
उनले भनेका छन्,‘‘अब देशमा दोश्रो विश्वदुद्ध पछिको शितयुद्धकालीन दुर्इ ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य (समाजवाद पक्षधर कम्युनिष्ट) ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौंथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म ‘आसेपासे पुँजीवाद’ को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ।’

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages