अमरवाणी संवाददाता/काठमाडौँ । लोकगीत संगीतको संरक्षण र ‘हामी सबैको रहर प्रतिष्ठानको आफ्नै घर’ भन्ने मूल नारा लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले राष्ट्रिय अर्ना लोक दोहोरीगीत (रनिङ् शिल्ड) प्रतियोगिता–२०७४ को तयारी पूरा गरेको छ । प्रष्ठिानले आइतबार नेपाल पर्यटन वोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर भृकुटी मण्डपस्थिति पुष्प बगैचाभित्र चैत १३ देखि १७ गतेसम्म सञ्चालन गरिने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।
लोकदोहोरी प्रतियोगिताको अर्ना वियर र सिटी एक्सप्रेस मुख्य प्रायोजक रहेका छन् । परान लिची जुस, पोटेटो क्रेकर, ओल्ड दरबार साथै ८८४८ भने सहप्रायोजकको रूपमा रहेका छन् ।
विगतमा अन्तर दोहोरी साँझ स्तरीय रनिङशिल्डको रूपमा गरिएको प्रतियोगिता यस वर्षबाट खुल्ला रूपमा गरिने प्रतियोगितामा देशभरिका प्रतियोगीहरूले सगभागिता जनाउन पाउने छन् । दर्ता शुल्क एक हजार रहेको उक्त प्रतियोगितामा भाग लिन अहिलेसम्म ४० टिमले दर्ता भएको र केही टिमहरू अझै दर्ता हुन बाँकी रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम बिहाना दश बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । दैनिक जसो चर्चित हास्यव्यङ्ग्य, नृत्य, सुगम संगीत र लोकगायन विधाका कलाकारहरूले प्रस्तुति दिने छन् ।
प्रतियोगीतामा निर्णायक मण्डलको जानकारी दिंदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बी.जीले प्रतिष्ठानका सल्लाहकार एवम् पूर्व अध्यक्ष, केन्द्रीय पदाधिकारी र वर्तमान केन्द्रीय कार्यसमिति निर्णायक समितिको रूपमा रहने जानकारी दिए ।
प्रतियोगीतामा प्रस्तुत भएका गीत संगीतका स्रष्टा सर्जकहरूलाई उनीहरूका गीत प्रयोग भएबापतको रोयल्टी समेत प्रदान गर्ने व्यवस्था प्रतिष्ठानले गरेको छ ।
प्रतियोगीतामा प्रथम हुनेले रु १,५१,१००, द्वितीय हुनेले रु १,०१,१००, तृतीय हुनेले रु ५७, ७७७ पाउनेछन् । त्यसैगरी सान्त्वना स्वरूप चौंथो हुनेले रु २७,७७७ पाउने आयोजकले जनाएको छ ।
‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मूल उदेश्यका साथ २०५७ सालमा सम्पूर्ण लोक संगीतकर्मी, स्रष्टा सर्जकहरूलाई सांगठनिक रूपमा एकत्रित गरी एउटै छातामुनि गोलबन्द्ध गराउने उदेश्यले अग्रज वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङको अध्यक्षतामा प्रष्ठिानको स्थापना भएको हो ।
६० जिल्लाका ४० हजार कलाकारहरू प्रतिष्ठानको सदस्य रहेका छन् । बाँकी जिल्लाहरूमा पनि विस्तार हुने क्रममा रहेका छन् । प्रष्ठिानले विदेशमा समेत शाखा विस्तार गरेको छ । अहिलेसम्म भारत, बेलायत, युरोप, र कतार गरी ५ देशमा संठगन विस्तार गरेको छ ।
स्थापना कालको १७ वर्षको यात्रामा प्रतिष्ठानले कलाकार कल्याणकारी अक्षय कोष सञ्चालन गरी विभिन्न विधानमा कार्यरत कलाकर्मीहरूलाई सहयोग र प्राकृतिक विपत्तीमा समेत प्रतिष्ठानले सहयोग गर्दै आएको छ ।
नेपाली संगीतको बजार पाइरेसीको शिकार भएको अवस्थामा खुला संगीत बजार नीति र रोयल्टी संकलन र वितरणमा समेत ठोस नीतिको अभाव रहेको बताउँदै राष्ट्रिय लोक तथा दाहोरीगीत प्रष्ठिानका अध्यक्ष बद्री पंगेनीले राज्यबाट कलाकर्मीहरूलाई आवश्यकतामा मात्र प्रयोगमा ल्याइने गहनाका रूपमा प्रयोग गरिएको गुनासो गरे ।
त्यस्तै आर्थिक अभावका कारण प्रतिष्ठानले अहिलेसम्म आफ्नै भवन निर्माण गर्न सकेको छैन् । भाडाको साँघुरो कोठामा कार्यक्रम सञ्चालन गर्नुपरेको बताउँदै सदस्यहरूको सामूहिक माग विगतदेखि आजसम्म रहँदै आएको अध्यक्ष पंगेनीले बताए । उनले मुलुकको राजनीति र सामाजिक परिवर्तनका निम्ति कलाकारहरूले राज्यलाई पु¥याएको योगदान सम्झदैंसरकार परिवर्तन भए पछिका प्रधानमन्त्री, मन्त्रीहरू र मन्त्रालयका सचिवसम्मलाई पटक–पटक देशको माटोमा प्रतिष्ठानको आफ्नै भवन बनाउनका लागि सहयोगको आग्रह गर्दा पनि राज्यले केवल आश्वासन मात्रै दिने गरेको बताए ।
नेपाली लोक बाजाहरूको संग्राहलय, पुरानो मौलिक गीत संगीत, सांगीतिक पुस्तकालय, संगीत प्रतिष्ठान पाठशाला, सभा, सेमिनार र कार्यक्रम सञ्चालनका लागि हलको आवश्यकता रहेको छ । मुख्यत प्रष्ठिानले आफ्नै भवन र दाहोरीगीतको संरक्षणका लागि केही वर्षदेखि ‘हामी सबैको रहर प्रतिष्ठानको आफ्नै घर’ भन्ने नारा लिएर राष्ट्रिय लोकदोहोरी प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
No comments:
Post a Comment