‘विश्वमै शक्तिशाली क्षेप्यास्त्र रूससँग’ - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, March 3, 2018

‘विश्वमै शक्तिशाली क्षेप्यास्त्र रूससँग’

‘विश्वमै शक्तिशाली क्षेप्यास्त्र रूससँग’ 
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो देशसँग विश्वकै शक्तिशाली क्रुज क्षेप्यास्त्र भएको दाबी गरेका छन् । राष्ट्रका नाममा गरेको वार्षिक सम्बोधनका क्रममा पुटिनले उक्त क्षेप्यास्त्रले संसारको कुनै पनि स्थानका प्रहार गर्न सक्ने दाबी गरेका छन् ।
राजधानी मस्कोमा बोल्दै पुटिनले यो रूसको अभूतपूर्व सफलता भएको दाबी गरेका छन् । बिहीबार मस्कोमा पुटिनले टेलिभिजनमार्फत उक्त क्षेप्यास्त्र प्रदर्शन गर्दै यसलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी क्षमता वा पानीमुनिका ड्रोनले पनि रोक्न नसक्ने दाबी गरे । सम्बोधनका क्रममा पुटिनले आगामी ६ वर्षभित्र देशको गरिबी आधामा झार्ने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘हरेक नागरिकको हामीलाई मतलब छ ।’ साथै पुटिनले थप रोजगारीका अवसर सिर्जना गर्ने र औसत आयु जापान र फ्रान्सको तहमा पुर्‍याउने दाबी गरे ।
रूसमा सन् २००० मा ४ करोड २० लाख मानिस गरिबीको रेखाभन्दा तल रहेका थिए । हाल करिब २ करोड मानिस गरिबीको रेखामुनि रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ । पुटिनले सिरियाली सरकारको पक्षमा गरेका आक्रमणले रूसी प्रतिरक्षा प्रणाली झन् सुदृढ भएको प्रमाणित भएको दाबी गरे ।
सम्बोधनका क्रममा पुटिनले विगत केही वर्षमा रूसले प्रविधिको क्षेत्रमा उल्लेख उपलब्धि हासिल गरेको बताए । उनले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र रोबोट निर्माणका क्षेत्रमा निकै प्रगति गरेको जनाए । उनले ‘भ्रष्टाचार नियन्त्रण गर्न पारदर्शी रूपमा सबै सरकारी कारोबार डिजिटल प्रविधिमार्फत’ गर्ने उद्घोष गरे । साथै, पुटिनले देशका पूर्वदेखि पश्चिमसम्मका ग्रामीण भेगका नागरिकका लागि इन्टरनेट उपलब्ध गराउने बताए । पुटिन उक्त भाषण राष्ट्रपतीय निर्वाचन अघिको अन्तिम भएको जनाइएको छ । १७ दिनपछि हुने चुनावमा उनका ७ प्रतिस्पर्धी छन् ।
तर पुटिन पुनः निर्वाचित हुने लगभग पक्का छ । बुधबारको टेलिभिजन बहसमा राष्ट्रपतिका अन्य आकांक्षीले भाग लिए पनि उनी सहभागी भएका थिएनन् । यसअघि रूसका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीले आफूलाई निर्वाचन आयोगले राष्ट्रपतीय निर्वानमा भाग लिन रोक लगाएपछि चुनाव बहिस्कारका लागि आग्रह गरेका थिए । बीबीसी 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages