जिल्ला शिक्षा कार्यालय तत्काल खारेज हुँदैन : शिक्षामन्त्री - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, March 20, 2018

जिल्ला शिक्षा कार्यालय तत्काल खारेज हुँदैन : शिक्षामन्त्री

 जिल्ला शिक्षा कार्यालय तत्काल खारेज हुँदैन : शिक्षामन्त्री
काठमाडौँ । जिल्ला शिक्षा कार्यालयहरू तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा खारेज नगरिने जनाएको हो । एकीकृत अखिन नेपाल शिक्षक संगठनले सोमबार आयोजना गरेको सम्मान कार्याक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले तत्काल जिशिका खारेज भन्दापनि यसको रूपान्तरित स्वरूप बारे छलफल चलिरहेको बताए ।
मन्त्री पोखरेलले चैत्र २८ मै जिल्ला शिक्षा कार्यालयहरू भङ्ग नगरिने बताउँदै जिल्ला शिक्षा कार्यालयहरू अहिलेकै अवस्था र स्वरुपमा नरहने भएपनि तत्काल भंग नगरिने उनले स्पष्ट पारे । रूपान्तरित जिशिका बारे छलफल चलिरहेको छ । आवश्यक निकासका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिन्छ । मन्त्री पोखरेलले भने–तकालै जिशिका खारेज गर्नेबारे मन्त्रालयले सोचेको छैन ।
जिशिका खारेज नगर्नुको अर्थ मुलुकमा चार तहको संरचना रहने भन्ने नभएको भन्दै पोखरेलले तीनतहकै संरचना भित्र जिशिकालाई पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । तीनतहकै राज्य संरचना भित्र जिशिका पनि समेट्ने गरी तयारी भइरहेको मन्त्री पोखरेलले स्पष्ट पारे । स्रोत व्यक्तिका सन्दर्भमा पनि मन्त्रालयमा छलफल चलिरहेको भन्दै मन्त्री पोखरेलले त्यसमा पनि पुनरावलोकन हुनसक्ने बताए । हिजो थिए भन्दैमा अब पनि चाहिन्छ भन्ने हुँदैन तर, उनीहरुको कार्यमूल्यांकन हेरेर आवश्यकताको पुष्टि भए स्रोत व्यक्तिहरु रहन पनि सक्ने उनले स्पष्ट पारे । आवश्यकताको औचित्य पुष्टि नभए स्रोत व्यक्ति नरहन पनि सक्ने उनको भनाई थियो ।
शुभकामना र वार्षिकोत्सवमा नबोलाउनुस्
शिक्षामन्त्री पोखरेलले आफु काम गर्न मन्त्रालयमा आएकाले शुभकामना दिन, वार्षिकोत्सव उद्घाटन गर्न आफुलाई निमन्त्रणा नगर्न समेत आग्रह गरे । आफु शिक्षामा विकास, प्रविधि र सुशासन जोड्ने दृष्टिकोण सहित अघि बढ्ने भन्दै मन्त्री पोखरेलले अब शिक्षकहरुको मूल्यांकन कक्षाको उपलब्धिका आधारमा हुने स्पष्ट पारे । विद्यालय खत्तम पारेर, सिकाइ उपलब्धि कमजोर पारेर नेता बनेका शिक्षकहरुलाई मन्त्रालयले तहलगाउने उनले बताए ।
शैक्षिक प्रतिवद्धता सार्वजनिक गरिने
शिक्षामन्त्री पोखरेलले आफू यसअघि मन्त्री हुँदा पनि १८ बुंदे प्रतिवद्धा सार्वजनिक गरी सोही अनुसार अघि बढेको भन्दै अबपनि छिट्टै शैक्षिक प्रतिवद्धता सार्वजनिक गर्ने तयारी भइरहेको बताए । शिक्षालाई विकास, सुशासन र प्रविधिमैत्री बनाउने गरी छिट्टै प्रतिवद्धता सार्वजनिक गर्ने उनले जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages