अब संसदमा सीधा कुरा ! - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, March 29, 2018

अब संसदमा सीधा कुरा !

अब संसदमा सीधा कुरा !
काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्का सबै बैठकको पहिलो एक घन्टा सांसदसँग प्रश्नोत्तर गर्ने व्यवस्थामा सहमति गरेको छ । सबै बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएको हो । 
मन्त्रीसँगको प्रश्नोत्तर सम्पन्न भएपछि मात्रै संसद् कार्यसूचीमा प्रवेश गर्नेछ ।  तर, सभामुखले कुनै विशेष कारणले अन्यथा आदेश दिएमा प्रश्नोत्तर कार्यक्रम नहुने नियम बनाइएको छ । 
सरकारको नीति तथा कार्यक्रम, राष्ट्रपतिको सम्बोधन, प्रधानमन्त्रीको सम्बोधनलगायत विशेष समारोहका दिनमा भने प्रश्नोत्तर हुने छैन् । 
नियमावली मस्यौदा समितिमा सभापति कृष्णभक्त पोखरेलले सबै बैठकअघि हरेक दिन मन्त्रीसँग प्रश्नोत्तर कार्यविधिमा सहमति भएको बताए ।  ‘अब सभामुखले अन्यथा आदेश दिएको अवस्थामा बाहेक हरेक बैठकको पहिलो एक घन्टा मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिनुपर्नेछ । यसरी जवाफ दिन मन्त्रीको दिन तोकिनेछ ।’
जवाफ दिन मन्त्रीको बार तोकिनेछ । तोकिएको दिनमा मन्त्रीले सांसदको प्रश्नमा जवाफ दिनुपर्नेछ । सांसदहरूले मन्त्रीलाई सोध्न चाहेका प्रश्नको विवरण पहिले नै सचिवालयमा दर्ता गर्नुपर्नेछ । सांसदका प्रश्नमा लिखित वा मौखिक जे जवाफ चाहेको हो सोही व्यहोरामा मन्त्रीले जवाफ दिनुपर्नेछ । मन्त्रीको जवाफमाथि सदनमा थप छलफल भने हुने छैन् । सांसदहरूले दर्ता गरेका प्रश्नको रोलक्रमअनुसार जवाफको पालो सचिवालयले तय गर्नेछ । 
सांसदहरूले मन्त्रीलाई मन्त्रालयसँग सम्बन्धित नीतिगत विषयमा प्रश्न गर्न पाउनेछन् । अस्पष्ट, संसदीय मर्यादाविपरीत प्रश्न मन्त्रीलाई सोध्न गर्न पाइने छैन् । 
न्यायिक तथा अर्धन्यायिक निकायमा विचाराधीन विषयलाई पनि प्रश्न बनाउन पाइने छैन् । कुनै पनि संसदीय समितिसमक्ष विचाराधीन वा समितिले सभापतिसमक्ष पेस गरेको विषयमा पनि प्रश्न गर्न पाइने छैन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages