फागुन २८, हुम्ला । दाने बोहरा
६ नं प्रदेशको विकट जिल्ला हुम्लामा १ वर्षको अवधिमा ५ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । जिल्लाको सुशासन देखि शान्ति सुरक्षा सम्मको जिम्मेवारी पाएका अधिकारी २ महिनापनि बस्न नपाई सरुवा गर्ने गरिएको छ ।
सरकार परिवर्तनसँगै सिडिओ र अन्य जिल्ला प्रमुख समेत सरुवा गर्ने गरिएको छ । पछिल्लो समय माघ ११ गतेदेखि नेत्रप्रसाद शर्मा आएका थिए् । डेढ महिना नबित्दै शर्माको शुुक्रावार सरुवा भएपछि जिल्ला सिडियोविहीन भएको छ ।
गत वर्ष फागुुन १९ गते तत्कालीन प्रमुुख जिल्ला अधिकारी डाक्टर कृष्णबहादुुर घिमिरे सरुवा भएर गए । उनको सट्टा फागुुन २२ गतेबाट धनप्रसाद शर्मा पौडेल हाजिर भए । २०७४ साल असोज १ गतेसम्म पौडेलले जिल्ला हाके । पौडेल असोज १ गते सरुवा भएरपछि उनको स्थानमा असोज २ नै लक्ष्मीप्रसाद बास्कोटा आए । वास्कोटाको २०७४ साल माघ १५ गतेसम्म सरुवा गरियो । उनको स्थानमा नेत्रप्रसाद शर्मा आएका थिए । ‘नयाँ प्रजिअ को आउने आउने टुङ्गो छैन’ अब धेरै अधिकार कटौती भएर संघका गएको छ, त्यसकारण पनि कर्मचारी जिल्ला आउन आनाकानी गर्ने गरेको एक कार्यालय प्रमुखले बताए ।
प्रकाशित २८ फाल्गुण २0७४ , सोमवार | 2018-03-12 08:34:19
No comments:
Post a Comment