काठमाडौँ । छात्रामाथि दुर्व्यवहार गरेको गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कूल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार कार्कीले करिब १७ वर्षीया एक छात्रालाई होस्टेलमा दुर्व्यवहार गरेपछि ती छात्राले उक्त घटना बारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । कार्की निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ललितपुरका अध्यक्ष पनि हुन ।
अभिभावक संघका संरक्षक तथा पूर्व अध्यक्ष सुप्रभात भण्डारीले सत्य नलुकाई सुक्ष्म रूपले छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
केही महिना अघि हुम्ला महावौद्ध विद्यालयमा अध्ययनरत किशोरी सिचुडोमा लामाको हत्या अभियोगमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको थियो ।
विद्यार्थीलाई उचित शिक्षा दिने शिक्षक तथा जिम्मेवार पदमा रहेका प्रधानाध्यापकले नै विद्यार्थीमाथि यौन शोषण गर्नु अत्यन्तै निन्दनीय कार्य हो । विद्यालय शान्ति क्षेत्र भने पनि विद्यार्थीहरूले विद्यालयमामै शान्तिको आभाष गर्न नपाएको यस्ता समाचारबाट पुष्टि हुन्छ ।
No comments:
Post a Comment