काठमाडौं। सोमबार भएको विमान दुर्घटनाको अवस्था बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री नेपाल आइपुगेका छन्।
ढाकाबाट काठमाडौँका लागि उडेको विमान अवतरणका क्रममा सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५० जनाको निधन भएको थियो। बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
नागरिक उड्डयन मन्त्रीको नेतृत्वमा आउने प्रतिनिधि मन्डलमा बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका अप्रेसन तथा फ्लाइट सेफ्टी निर्देशक समेत सहभागी छन्।
No comments:
Post a Comment