नागरिक समाज पार्टीको ‘झुण्ड’ ’ः नेम्वाङ - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, March 18, 2018

नागरिक समाज पार्टीको ‘झुण्ड’ ’ः नेम्वाङ

    नागरिक समाज पार्टीको  ‘झुण्ड’ ’ः नेम्वाङ
 काठमाडौं ।  पूर्वसभामुख नेम्बाङले नागरिक समाज देशमा  पार्टीको झुण्ड बनेको आरोप लगाएका छन् । सबैका राम्रो र नराम्रो कामको समीक्षा गर्नुपर्ने नागारिक समाज पार्टीको वकालत गर्ने निकाय बनेको उनको भनाइ छ । 
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थिरता र विकासः बृहत् नागरिक परामर्श’ विषयक छलफलमा उनले  मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्नेमा जोड दिए । 
 नेता नेम्बाङले खिलराज रेग्मी शक्ति पृथ्वीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्यक्ष र प्रधानन्यायाधीश भएदेखि न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको समेत बताए ।  ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले राज्यका निकायलाई लोकतान्त्रिकीकरण र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको छ भन्दै मुलुकमा लोकतन्त्र बलियो बनाउनका लागि नागरिक समाज सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मीनेन्द्र रिजालले सरकारले संवैधानिक अंगलाई कमजोर बनाउन खोजेको आरोप लगाए। कार्यक्रममा प्रा. डा सुरेन्द्र केसी र डा गोपालकृष्ण शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा राजनीतिक अभ्यास वास्तविक नभएको हुनाले लोकतन्त्रमाथि खतरा बढेको चिन्ता व्यक्त गरे ।  । कार्यपत्रमाथि संविधानविद् नीलाम्बर आचार्य, डा भीमार्जुन आचार्य, प्रा विजयकान्तलाल कर्ण, मानवअधिकारकर्मी लिली थापालगायतले न्यायालयमा पछिल्लो पटक भएको कामले अब न्यायालय कसरी चल्ने भन्ने प्रश्न चिह्न खडा भएको बताए ।  

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages