काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर यूस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको र घटनाको क्षतिबारे थप विवरण आइसकेको छैन ।
विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको नागरिक उड्यन प्राधिकारणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिएको छ । प्राधिकरणका अनुसार १७ जनाको उद्धार भइसकेको बताइएको छ ।
दुर्घटनाको गृहमन्त्री रामबहादुर थापाले अनुगमन गर्नुभएको छ । घटनाबारे उद्धार जारी रहेकाले धेरै विवरण अझै सार्वजनिक भइसकेको छैन् ।
प्रकाशित २८ फाल्गुण २0७४ , सोमवार | 2018-03-12 09:03:50
No comments:
Post a Comment