अब्बासीको ‘सरप्राइज’ भ्रमण: सम्बन्ध सुधार कि भारत ‘घेर्ने’ नीति ? - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, March 5, 2018

अब्बासीको ‘सरप्राइज’ भ्रमण: सम्बन्ध सुधार कि भारत ‘घेर्ने’ नीति ?

काठमाडौँ । १ हजार ५ सय ७९ किलोमिटरको दूरीमा अवस्थित नेपाल र पाकिस्तानबीच संभवत् ‘भारत’का कारण कुटनीतिकभन्दा भावनात्मक सम्बन्ध बढी छ । पछिल्लो नाकाबन्दीपछि नेपालमा पनि पाकिस्तानको परम्परागत ‘शत्रु’ भारत विरोधी भावना बढेको छ । यही पृष्ठभूमिमा पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासीले खास विशेष एजेण्डा विना नै नेपालको ‘सरप्राइज’ भ्रमण गरेका छन् ।  त्यतिधेरै नजिकको सम्बन्ध नभएपनि ‘सरप्राइज’ भ्रमण गर्ने अब्बासी को हुन् ?
सन् १९६२ मा नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापित भए लगत्तै तत्कालिन पाकिस्तानी प्रधानमन्त्री अयुव खानले सन् १९६३ मा नेपाल भ्रमण गरेका थिए । अक्सर सार्क शिखर सम्मेलनमा मात्रै केन्द्रित हुँदै आएको उच्चस्तरीय भ्रमणलाई वर्तमान प्रधानमन्त्री शाहीद खाकान अब्बासीले भने क्रमभंग गरेका हुन् । सतहमा नखुलेका खास एजेण्डा विना नै अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै काठमाडौं आइपुगेका छन् ।
इन्जिनियर राजनीतिज्ञ
सन् १९८८ यता राजनीतिमा सम्लग्न कराँचीका ६० वर्षीय अब्बासी गत अगष्टदेखि पाकिस्तानी प्रधानमन्त्री छन् । राजनीतिमा आउनुअघिसम्म उनी अमेरिका र मध्यूर्वका विभिन्न देशमा प्रोफेसनल इञ्जिनियरका रुपमा कार्यरत थिए । रावलपिण्डी क्षेत्रबाट पाकिस्तानको संसदमा ६ पटक निर्वाचित अब्बासीले अमेरिकाको जर्ज वाशिंटन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका गरेका छन् । केही समय पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को प्रमुख रहेका अब्बासी प्रधानमन्त्री बन्नुअघि पेट्रोलियम एवं प्राकृतिक शंशाधन मन्त्री थिए ।
प्रधानमन्त्रीको चिठ्ठा !
तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सन् २०१७ को जुलाई २९ मा राजीनामा दिएपछि पार्टीले अब्बासीलाई सरिफको उत्तराधिकारीका रुपमा अगाडि सा¥यो । र, उनले सन् २०१७ अगष्ट १ मा ४५ दिनका लागि भन्दै प्रधानमन्त्रीको चुनाव जिते । नवाज ४५ दिनपछि आफ्नै परिवारका सदस्य एवं पञ्जावका मुख्यमन्त्री शेहबाज सरिफलाई प्रधानमन्त्री बनाउन चाहान्थे । तर, अचानक सत्तारुढ दलका नेता नवाजको सोच बदलिएपछि अब्बासीले आगामी जुनमा हुने आम निर्वाचनसम्म नै पाकिस्तानको नेतृत्व गर्नेछन् ।
अमेरिका विरोधी विदेश नीति
अब्बासी पाकिस्तानको प्रधानमन्त्री बनिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमाथि ‘राज्य संरक्षित आतंकवाद’को आरोप लगाइरहेका थिए । अब्बासीले राष्ट्रिय सुरक्षा परिषदको बैठकबाट ट्रम्पको आरोप खारेजीको घोषणा गरिदिए । यसैलाई बहाना बनाएर अमेरिकाले डिसेम्बरमा पाकिस्तानलाई दिँदै आएको २ सय २५ मिलियन डलर बराबरको सैन्य सहायता रोकिदियो । आतंकवादको नाममा अमेरिकाले पाकिस्तानजस्ता देशलाई ‘बलिको बोका’ बनाइरहेको बताउने पाकिस्तान अहिले अमेरिकाको चर्को आलोचकमध्ये एक हो ।
चीनतर्फ झुकाव :
दक्षिण एशियामा भारतपछिको आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तान अमेरिकी ध्रुवबाट चीनतर्फ ढल्किएको छ । जसका कारण पाकिस्तानमा चिनियाँ प्रभाव र लगानी बढ्दो छ । चीनको ‘वेल्ट एण्ड रोड इनिसिएटीभ’मा समावेश भएर भारतीय आँखाले हेर्ने अमेरिकी दृष्टिकोणलाई समेत पाकिस्तानले झड्का दिएको छ । नेपालमा केपी ओलीको नेतृत्वमा भारत विरोधी र चीन सन्निकट सरकार बनेको टिप्पणी भइरहेका बेला उस्तै आरोप खेपिरहेका अब्बासीले नेपाल रोजेर भारतलाई सन्देश दिन खोजेका हुन सक्छन् । भारतलाई कारण देखाउँदै नेपाल र पाकिस्तानीका समकक्षी ओली र अब्बासीलाई दुबैतर्फ ‘राष्ट्रवादी’ नेताका रुपमा चित्रित गराइएको छ । ०००
अब्बासीको ‘सरप्राइज’ भ्रमण ः सम्बन्ध सुधार कि भारत ‘घेर्ने’ नीति ?

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages