काठमाडौँ । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ–३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । यो सूचना बाहिर आएपछि प्रहरी अधिकारी समेत कारबाहीमा परेका छन् ।
प्रकाशित ६ चैत्र २0७४ , मङ्गलबार | 2018-03-20 02:45:45
No comments:
Post a Comment