काठमाडाैं, २० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार एक दिवसीय विश्वकप छनौटको आफ्नो पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह सवा १ बजे बुलावायो शहरमा सुरु हुनेछ । यसै महिनाको सुरुवातमा नेपालले आइसीसी विश्व क्रिकेट डिभिजन टू को उप–विजेताबन्दै ए डिभिजनमा बढुवा भएर विश्वकप खेल्ने आधार तय गरेको थियो । जिम्बाबेसँग हुने खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले नेपालले राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
विश्वकप छनौट खेल्न गत शनिबार जिम्बाबे प्रस्थान गरेको नेपाली टोलीले आफ्नो पहिलो अभ्यास खेलमा डिभिजन टू को विजेता युएईलाई ५ विकेटले पराजित गरेको थियो । तर हङकङसँग तय भएको दोस्रो अभ्यास खेल खराब मौसमका कारण स्थगित भएको थियो । नेपालले आफ्नो दोस्रो छनौट खेलमा फागुन २४ गते स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा फागुन २६ गते आफगानिस्तानसँग र फागुन २८ गते हङकङविरुद्ध मैदान उत्रनेछ । नेपाली टिममा कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन् । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार छनोट खेलमा नेपाल समुह बीमा परेको छ । नेपालको समुहमा अफगानिस्तान, हङकङ, जिम्बाबे र स्कटल्यान्ड रहेका छन् । यसैगरी समूह ए मा डिभिजन टू विजेता युएई, वेस्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यूगिनी र नेदरल्यान्ड्स छन् । समुह चरणमा सबैले एक/एक पटक प्रतिस्पर्धा गर्नेछन् । जसबाट शिर्ष तिन÷तिन टोलीले ‘सुपर सिक्स’ चरण खेल्न पाउनेछन् । सुपर सिक्समा ६ टोलीबीच लिग खेल हुनेछ । जसमध्ये पनि शिर्ष दुई टोलीमात्र सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
जिम्बाबेमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपका लागि छनोट भए नेपालले सन् २०१९ मा इंगल्याड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसिय विश्वकप क्रिकेट खेल्न पाउँनेछ । त्यसैगरी नेपालले एक दिवसिय क्रिकेटको मान्यता पनि पाउने छ ।
विश्वकप छनोट खेल खेल्ने जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड र वेष्टइण्डिजले यसअघिनै एक दिवसिय क्रिकेटको मान्यता पाइसकेको छ । सुपर सिक्सका लागि छनोट हुने अन्य ३ टोलीले एक दिवसियको मान्यता पाउनेछ । दुई समुहका अन्य पुछारका दुई/दुई टोली डिभिजन बीमा घटुवा हुनेछन् ।
जिम्बाबेमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनगर्दै विश्वकपका लागि छनोट भए नेपालले सन २०१९ मा इंगल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने एक दिवसिय विश्वकप क्रिकेट खेल्न पाउँनेछ । त्यसैगरी नेपालले एक दिवसिय क्रिकेटको मान्यता पनि पाउनेछ ।



No comments:
Post a Comment