काठमाडौँ । दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले पहिलो भ्रमणका रूपमा भारतलाई रोजेका छन् । ओलीले चैत २३ देखि २५ गतेसम्म राजकीय भारत भ्रमण गर्ने मिति तय भएको छ ।
नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् । नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको बताए ।
कुटनीतिक स्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरि चैत २३/२५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।
No comments:
Post a Comment