काँग्रेस केन्दीय समिति वैठक: गुटको राजनीति त्याग्न नेतृत्वलाई सुझाव - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, March 24, 2018

काँग्रेस केन्दीय समिति वैठक: गुटको राजनीति त्याग्न नेतृत्वलाई सुझाव

काँग्रेस केन्दीय समिति वैठक: गुटको राजनीति त्याग्न नेतृत्वलाई सुझाव 
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीमा गुटउपगुटको राजनीति त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।  ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताले पार्टी भित्रको गल्ती तथा कमी कमजोरी सच्याएर असहज परिस्थतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
 बैठकमा नविन्द्रराज जोशी, नरहरी आचार्य, दिलेन्द्र बडु, हरि नेपाल, कल्याण गुरुङ, गुरुराज घिमिरे, जीवनबहादुर शाही र वीर बहादुर बलाएरले आफ्नो धारणा राखेका थिए ।  जीवन बहादुर शाहीले पार्टी भित्रको कमजोरीमा सबैले म–म भन्नुपर्ने तर्क गरे । उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड पार्टीको विधान विपरित भएको तर्क गर्नेले सो समितिमा बस्नुको औचित्य नहुने बताए । 
अर्का नेता कल्याण गुरुङले  नेतृत्व विधान अनुसार अघि बढे आलोचना नहुने तर्क गरे ।  कांग्रेसभित्र गुटउपगुट मौलाइरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पक्षले पार्टीको विधान संशोधनका लागि महासमिति बैठक बोलाउन माग गरेका थिए । 
निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठक भएकाले छलफल पनि सोही विषयमा केन्द्रित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यद्यपि, लामो समयसम्म पदाधिकारी र विभागहरूले पूर्णता नपाएकाले छलफलमा सो विषय पनि उठेको उनले बताए । 
१३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा पनि पदाधिकारी तथा विभागहरुले पूर्णता पाउन सकेका छैनन् । कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सभापतिले मनोनयन गर्ने पद तथा सबै विभागलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages