ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षण र संरक्षणमाभन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न महिलाहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
आरक्षण केही समयलाई हो । पछिलाई काम लाग्दैन । स्थानीय तहदेखि संघीय संसद्सम्म महिलाहरूको प्रतिनिधित्व ४१ प्रतिशतमा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले छिट्टै ५० प्रतिशत पुर्याउने आश्वासन दिए । महिलाहरूको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता विस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यानदिनु पर्ने उनको भनाई थियो ।
त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठन नियमित प्रक्रिया भन्दा फरक रहेको बताए । सरकार परिवर्तन मात्र नभएर सरकार गठन, प्रणाली परिवर्तन भएको उनको दावी थियो ।
प्रकाशित ८ चैत्र २0७४ , बिहिबार | 2018-03-22 03:00:47
No comments:
Post a Comment