काठमाडौँ । जिम्बाबेमा आइसीसी विश्वकप छनोट खेल खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमले अबको लक्ष्य ५० ओभरको विश्वकप खेल्नु रहेको प्रतिक्रिया दिएको छ । सुपर सिक्समा पुग्न असफल भएपनि पहिलो पटक एकदिवसीय मान्यता पाएर फर्किएको नेपाली टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिंदै कप्तान पारस खड्काले सिमित पूर्वाधार र सुविधाबीच पनि खेलाडीहरूले देशका लागि सक्दो मेहनत गरेको बताए । उनले भने, ‘सिमित स्रोत र साधनबीच पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेको हो । अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्छ ।’
पारसले धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको भन्दै नेपाली क्रिकेट टोलीका लागि यो खुसीको क्षण भएको बताए । एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप छ । ‘८ देखि १२ वर्ष टेष्ट नेशन बन्ने सपना पनि छ’ केही आशावादी देखिएका कप्तान पारस भन्छन्, ‘शायद अब सुरुवात हुन सक्छ कि ?’
उनले अझै राम्रो प्रदर्शन गरेर टेस्ट मान्यता पनि लिन आतुर रहेको र त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्ने बताए । चार वर्षमा घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुन्छ । तर, अघिल्लो पटक पाएको टी–२० स्टाटस जस्तै हुने त होइन भन्ने डर सबैमा छ ।
‘हामीले एक दिवसीय मान्यता पायौं, खुसी छौं । २०१४ मा टी–२० पाएपछि के ग¥यौँ त भन्ने प्रश्न छ’ प्रशिक्षक जगत टमाटा भन्छन्, ‘त्यसैले महत्वपूर्ण अब चार वर्ष क्रिकेटलाई कसरी चलाउने त ? यहि तरिकाले केही हुन्न ।’ यसका लागि सक्षम क्रिकेट बोर्ड चाहिने र घरेलु संरचनालाई बलियो बनाउनु पर्ने उनी बताउँछन् । तर, नेपाल क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ ।
आगामी जुनमा निलम्बन फुकुवा हुने अपेक्षा राखिएको थियो । तर,निर्वाचित क्यानले साधारणसभा बोलाएर विधान अनुमोदन नगर्दा यो लक्ष्य प्रभावित हुने खतरा देखिएको छ । तर, नेपाली टोलीका एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप छ । ‘८ देखि १२ वर्ष टेष्ट नेशन बन्ने सपना पनि छ’ केही आशावादी देखिएका कप्तान पारस भन्छन्, ‘शायद अब सुरुवात हुन सक्छ कि ?’
No comments:
Post a Comment