संसदका जेष्ठ सदस्यहरुले लिए राष्ट्रपतिबाट सपथग्रहण - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, March 4, 2018

संसदका जेष्ठ सदस्यहरुले लिए राष्ट्रपतिबाट सपथग्रहण

. सन्दीप परियार
काठमाडौं । संघीय संसदका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य काँग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपतिबाट सपथग्रहण गराउनु भएको हो ।
राष्ट्रपति भण्डारीबाट सपथ ग्रहण गरेसंगै सांसदहरुको सपथ प्रतिनिधिसभाका जेष्ठ सदस्यका रुपमा राजपाका सांसद महन्थ ठाकुरले गराउनु हुनेछ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सपथ लिनेछन् । प्रतिनिधिसभाको सभामुख चयन नहुँदासम्म सांसदमध्ये जेष्ठ सदस्यको रुपमा महन्थ ठाकुरले नै संसद बैठक सञ्चालन गर्नु हुनेछ ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय भएको छ । ०००

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages