एसईईको प्रश्नपत्र सुरक्षार्थ खटिकै प्रहरीबाट आउट - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, April 4, 2019

एसईईको प्रश्नपत्र सुरक्षार्थ खटिकै प्रहरीबाट आउट

एसईईको प्रश्नपत्र सुरक्षार्थ खटिकै प्रहरीबाट आउट
सप्तरी । प्रदेश नं २ को एसईई परीक्षा प्रश्नपत्र आउट गर्ने ६ जनालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार सार्वजनिक गरेको छ ।  प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
सीआईबीले २ नम्बर प्रदेश प्रहरी कार्यालयमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय कल्याण्डपुरमा कार्यरत प्रहरी जवान सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । यस्तै, पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रदेश नम्बर २ मा चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए । प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो । सो प्रकरणको अनुसन्धानमा जुटेको ब्युरोले प्रहरीसमेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । जसको सुरक्षार्थ खटिएका जवान नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages