काठमाडौँ । नयाँ शक्ति नेपाल, पार्टीले २०७५ साल फागुन १०–१५ गते प्रथम महाधिवेशन गर्ने कार्ययोजना पारित गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले उक्त योजना पारित गरेको हो ।
महाधिवेसन आयोजक समितिको वैठकले गरेको निर्णय फेसबुक मार्फत् सार्वजनिक गर्दै पार्टीका संयोजक डा.बाबुराम भट्टराईले फेसबुकमा लेखेका छन्, ‘‘स्थानीय र प्रदेश अधिवेसन हुँदै २०७५ फागुन १०–१५ गते प्रथम महाधिवेशन गर्ने कार्ययोजना पारित गर्दै आज काठमाडौंमा सम्पन्न भएको छ ।’’
त्यस्तै काँग्रेस र कम्युनिष्टलाई यथास्थितिवादी ब्राण्डको आरोप लगाउँदै वैठकले पार्टीको सांगठनिक र व्यवस्थापकीय कार्ययोजना समेत तय गरेको छ ।
संयोजक डा.भट्टराईले वैठकको जानकारी गराउँदै भने, ‘‘पुराना ‘कांग्रेस’ र ‘कम्युष्टि’ ब्राण्डका यथास्थितिवादी शक्तिको विकल्पमा अग्रगामी क्रान्तिकारी लोकतन्त्र अथवा समावेसी ‘लोकतन्त्र अथवा समावेसी–सहभागितामूलक लोकतन्त्रमा आधारित 'समुन्नत समाजवादी' शक्ति निर्माण गर्ने वैचारिक–राजनीतिक, सांगठनिक र व्यवस्थापकीय कार्ययोजना तय गरेको छ। ’’
प्रकाशित २0 फाल्गुण २0७४ , आइतबार | 2018-03-04 04:50:47
No comments:
Post a Comment