आर्थिक कार्यविधिबारे विधेयकको मस्यौदा एक नम्बर प्रदेशसभामा पेश, अत्यावश्यक २२ वटा कानुन चैत महिनाभित्रै - news

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, March 20, 2018

आर्थिक कार्यविधिबारे विधेयकको मस्यौदा एक नम्बर प्रदेशसभामा पेश, अत्यावश्यक २२ वटा कानुन चैत महिनाभित्रै

काठमाडौँ,चैत्र ७ । एक नम्बर प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धी विधेयकको मस्यौदा संसदमा पेश गर्ने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा विधेयक पेश हुने भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको मस्यौदालाई बुधबारको प्रदेशसभा बैठकमा पेश गरिने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारले यसभन्दा अघिसम्म कुनै पनि कानूनको मस्यौदा संसदमा पठाउन सकेको थिएन । प्रदेश सरकारले कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७४ मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यस्तै, चैतको दोस्रो साताभित्र ल्याउने भनिएको चालु वर्षको बजेटको लागि विनयोजन विधेयक २०७४ लाई पनि मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको अत्यावश्यक काम, केही अल्पकालिन योजना र सुरक्षा निकायको मनोबल बढाउने कार्यक्रम समेटर बजेट ल्याउने निर्णय यसअघि नै गरेको थियो । प्रदेश सञ्चालन गर्नको अत्यावश्यक २२ वटा कानुन चैत महिनाभित्र मस्यौदा गर्ने गरी काम भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages