काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि सारेका छन् ।
तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताउँदै मन्त्री अधिकारीले आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने उनले बताए ।
साथै हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।
आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सन्चालनको विकल्पहरु अध्ययन गर्ने उनको योजना छ ।
अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने योजना पनि बनाइएको छ । डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।
प्रकाशित १६ चैत्र २0७४ , शुक्रबार | 2018-03-30 04:46:08
No comments:
Post a Comment