प्रदीप राज दाहाल
काठमाडौं। बाम गठबन्धनले पाएको वहुमत र सरकार गठनसँगै नेपालबारे अन्तर्राष्ट्रिय चासो बढेको छ । बाम गठबन्धनको वहुमत भारतका लागि चर्चाको विषय मात्र बनेन सबक सिकाउने प्रयास हो कि भन्ने शंका गरियो । यही पृष्ठभूमिमा पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी भोलि नेपाल आउँदैछन् । जसको चर्चा र टिकाटिप्पणी भइरहेको छ । एक
काठमाडौं। बाम गठबन्धनले पाएको वहुमत र सरकार गठनसँगै नेपालबारे अन्तर्राष्ट्रिय चासो बढेको छ । बाम गठबन्धनको वहुमत भारतका लागि चर्चाको विषय मात्र बनेन सबक सिकाउने प्रयास हो कि भन्ने शंका गरियो । यही पृष्ठभूमिमा पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी भोलि नेपाल आउँदैछन् । जसको चर्चा र टिकाटिप्पणी भइरहेको छ । एक
पाकिस्तानी दुतावासले शुक्रवार प्रधानमन्त्री शाहीद खाकान अब्बासको दुई दिने नेपाल भ्रमण बारे जानकारी गरायो र भ्रमणको मुख्य उद्धेश्य नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिने रहेको समेत बतायो । पाकिस्तानलाई अमेरिकाबाट छुटाएर चीनको पछि लगाउन सफल भएका अब्बास भारतको कट्टर विरोधी पनि हुन् । उनको भ्रमणले थुप्रै शंका उपशंका जन्माउन पुगेको छ ।
के होला पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणपछाडिको रहस्य ?
के होला पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणपछाडिको रहस्य ?
भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो छैन । भारत नियन्त्रित कश्मिरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक जवान मारिएपछि दुई देशको सम्बन्धमा थप कटुतापूर्ण बनेको छ । भारतलाई चिढयाउँदै नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाउने पाकिस्तानी पहिलो चाहना या रणनीति पनि हुन सक्छ पाकिस्तानी प्रधानमन्त्री अब्बासको नेपाल भ्रमण ।
भारत र पाकिस्तानबीचको तनावले सार्क सम्मेलनको औचित्यमाथि नै संशय पैदा गरायो । भारतले पाकिस्तानमा सम्मेलन गर्न असुरक्षित भएको जनाउँदै १९औं सार्क सम्मेलनमा भाग नलिने निर्णय गरेको थियो । सार्कको अध्यक्ष रहेकाकारण नेपालको भूमिका अहम रहेको थियो । तर, बढ्दो तनावलाई लिएर नेपालले समेत यस विषयमा सबै मुलुकको सहमति जुटाउन सकेन र सम्मेलन स्थगित भयो । पुनः सार्क सम्मेलन बैठक बोलाउने नेपालको जिम्मा भएका कारणले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणले मिति तय गर्नसक्ने सम्भावनालाई नकार्न सकिदैन पनि ।
चिनियाँ अवधारण बेल्ट एण्ड रोडसँग आबद्ध भएको पाकिस्तान र चीनको सम्बन्ध निकै राम्रो छ । नेपालमा भारतीय दवदवा रहेको महसुस गर्दै आएको चीनले नेपाल सरकारलाई आफनो पक्षमा पार्न पाकिस्तानी कार्डको प्रयोग गरेको हुन सक्ने बुझाई पनि धेरैको छ । तर, नेपालको नयाँ सरकारले पहिलो विदेशी पाहुनाको स्वागत शंका भन्दा पनि खुला हृदयले गर्नुपर्ने परराष्ट्रविद् बताउँछन् ।
नेपाल र पाकिस्तानबीचको सम्बन्ध नराम्रो कहिले रहेन तर त्यति राम्रो भएको पनि कहिले पाइएन । नेपालको राजनीतिक परिस्थिति अनुरुप यी दुई मुलुकबीचको सम्बन्ध परिभाषित हुँदै आएको छ । जस्तो नेपालमा राजतन्त्रको अस्तित्व रहदाँ पाकिस्तानमा सैन्य आधारमा नेतृत्व गर्ने शासकहरुले नेपालसंगको सम्बन्धलाई विशेष बनाउँदै आएको इतिहास छ । तर त्यो अवस्था अहिले दुबै देशमा छैन् ।
No comments:
Post a Comment