काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । पुनले संसद भवन नयाँबानेश्वरमा शनिबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
पुनले ११ः४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका थिए। पुनको उम्मेदवारीमा प्रस्तावकहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन्। समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन्।
राष्ट्रपतिमा यस अघि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्। उम्मेदवारी दर्ताको लागि ‘कारगेड’ विनै पुन संसद भवन पुगेका थिए। पुन सरकारी नम्वर प्लेटको गाडिमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन चैत ९ गते हुनेछ ।
प्रकाशित ४ चैत्र २0७४ , आइतबार | 2018-03-18 02:12:39
No comments:
Post a Comment