काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरेका हुन् ।
श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरे भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् । महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । पौडेल ३ हजार २ सय ७ मत ल्याएर विजयी बन्दा निकटम प्रतिप्रतिद्वन्द्वी सुरेन्द्र थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित २१ चैत्र २0७५ , बिहिबार | 2019-04-04 01:28:35
No comments:
Post a Comment